सिद्दिबक्स गणका साथीहरु नाच्दै थिए मन्चमा । म र प्रकाश ५ औं लाईनको बिचमा
थियौ । स्प्राइट र पोर्क खादै पनि थियौ ।
'ओ हेल्लो', 'ओ हेल्लो'-
आवाज आयो पछाडिबाट । प्रकाशले कोट्याएर भन्यो -
'ओ बड्डो, बोलाउदै छ तपाइलाई ' । फरक्क फर्के ।
मुस्कुराउदै हात हल्लाई, हरियो साडी हरियै
ब्लाउज लगाएकी, कपाल पनि दुलहिकी झैं, अनि अनुहार भरि जहाँ जहाँ जे जे मेकअपका सामान लगाउनु
पर्ने हो त्यो सबै लगाएकी गोरी गोरी केटी । अर्थात रन्जिता ।
'नाम बिर्सिएको हो मेरो ?'- सिधै सोधे ।
अलि लजाएजस्तै गरी अनि "छैन" भन्ने सकेत मा टाउको
हल्लाई, फेरी मुस्कुराई ।
रन्जिता- दुई महिनामा यो नयाँ शहरमा परिचय
भएको एउटै मात्र मेरो केटी साथी । SLC सम्म नेपालगन्ज पढेकी । हाल स्नातकोतरमा अध्ययनरत
। दिदी र बहिनिको त बिहे पनि भईसकेको । करीब १ महिना अगाडी संविधान सभाको
निर्वाचन बारे भएको एउटा गोष्ठिमा भेट भ’को । गोष्ठिमा
मैले बोलेको राम्रो लाग्यो रे, पछी सोधेको थिए । खाना खाने समयमा पछाडिबाटै
सोधेकी थिई - 'म तपाईसँग कुरा गर्न सक्छु ?', 'म खाना खादैँछु ' - छिटो मैले
भन्याथे मुखमा दालभात हाल्दै । 'हैन, खाना खाईसकेपछि '-फेरी सोधी । भोक मेटाउने
हतारमा भने 'ओके ' ।
१२- १३ वटा नाचहरु सकिए पछी हामी अतिथि- सबै कार्यालय प्रमुखहरु बोलाईए मन्चमा
। नाच्यौ पश्चिमेली देउडा र पुर्बेली लोक गीतमा ।
बिनुका र म पनि नाच्यौं । बिनुका, रन्जिताको साथी । केहि छिन अगाडी मात्र परिचय गराएकी थिइन रन्जिताले । नाम भन्नु अघी उत्सुकता साथ बिनुकाले भनी - 'तपाइको दाँत कती राम्रो हौ ?', 'लाने हो ?' मैले जिस्काए । आखिर मेरो दाँत राम्रो चाहिँ थाहा भएन दारे चाही पक्कै हो । अनुमान गरे, सायद शहरमा पढेकी थिइन तीनि, बोल्दा बढी नै अङ्ग्रेजी मिसाउथी । अली होची, अलि काली र कालो
नै साडी, चन्चली पनि कपाल चाहिँ दुबैको एउटै स्टाइल ।
रन्जिता पनि नाच्न आउँदँन भन्दा भन्दै हामी बिच तुरुन्तै आइपुगी । मसँग नाच्ने रे । एकछिन फेरी नाच्यौं ।
'हाम्रो फस्ट मेमोरि'- नाच्दा नाच्दै अलि नजिक आएर भनी। केहि भनिन मैले मुस्कुराएँ
मात्रै।
नेपालगन्जबाट पृतनापति प्रमुख अतिथिको रुपमा आएको सिद्धिबक्स गणको २२२ औ
वार्षिकोत्सव । अनि यसैको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम र रात्रिभोजको पाहुना
हामी ।
सुनेको थे, पुलिस र आर्मीहरु बढी नै महिला
केन्द्रित हुन्छन् रे। हो कि क्या हो जस्तो पनि लाग्यो। मेरा ती दुई केटी साथीको
चारै तिर आर्मीका अफिसरहरु, पृतनापति, जरसाब, करसाब सबै नाच्न थाले। घुम्न थाले। तान्न पनि थाले। कता
कता अफ्ठेरो महशुस भयो मलाई पो । रन्जिता पनि निकै अफ्ठेरो मानीरहेकी थिई, मैले देखे । जबरजस्ती हात
पक्रिएर नचाउने कोसिस भईरह्यो।
थकाई मार्न नजिकैको
प्लास्टिकको कुर्सीमा बसिरहेको बेला मुश्किलले फुत्किएर रन्जिता मेरो सामू आईन्। ‘दामी नाचिदो रै छ नि हुलमुल
भित्र त’ – मैले ठट्यौली पाराले भने । लजाई । केही बोलिन । अनुहार रातो रातो थियो उनको ।
हाम्रो भेट तीन पटक
मात्र भको थियो। दोस्रो पटक नेपाल टेलिकमको अफिस नजिकै बाटोमा । र तेस्रो पटक यै
कार्यक्रममा । हामीले मोबाइल न. पनि साटासाट गरेका थिएनौ । दोस्रो पटक भेट्दा मेरो
साथी शर्माजी र खड्काजी पनि सँगै थियो मसँग । त्यसपछि त केटाहरुको खेती नै त्यै – जिस्काइरहने । म मुस्कुराउथे
मात्र । आखिर अरु के थियो र ? त्यस्तो केही पनि त थिएन ।
मेरो र प्रकाशको
फोटो खिचिन् उनले । प्रकाशसँग चिनाउन ‘मिट माई फ्रेन्ड…..’ मात्र के भन्याथे, बीचैमा, ‘म अनिलको साथी’- रन्जिताले भनीहालिन् । डिनर
सँगै लिने कुरा भाथ्यो । आर्मी साथीहरुले उनलाई बोलाए । तिनीहरुमध्ये २/३ जना उनका चिनजानका थिए
क्यारे ।
म र प्रकाशले खाना
खायौ । आर्मीहरु उनीसित कुरा गरीरहदा मसँग आँखा जुध्थ्यो । मैले खादै हात हल्लाए ।
उनलाई खाना आर्मी अफिसरहरुसँगै व्यवस्था गरे वेटर आर्मीहरुले ।
सीडीओ साब र हामी
निस्कने तरखरमा थियौ । पृतनापतिसँग विदा लियौ । पृतनापतिकै नजिक खाना खादै उनले
अलिकति अनुहार खुम्चाएर, हातको इशाराले एकछिन रुक्न अनुरोध गरीन् । मैले गए है भन्ने
संकेतमा हात हल्लाए। बिनुकालाई ‘वाई’ भने । उनले पनि एकछिन बसौ भन्दै थिई । हाम्रो टोली गेटमा
पुगीसकेको थियो । म पनि त्यतै लागे ।
रन्जितालाई दुईटा
कुरा भन्नु थियो । एउटा पहिलो भेटसँग सम्बन्धित र अर्को यै भेटको । समय मिलेन ।
खैर पछि भनौला, जुर्ला नि साइत । जे भने पनि एउटी गजबकै पात्र भेटिएकी छिन कथाको लागि……………..
२०७०।०३।२१ जुम्ला
No comments:
Post a Comment