फर्क है साँइला फर्क आमाले बाटो हेर्दैछिन्
नजाउ है साँइला परदेश साँइलीले गाँउमै कुर्दैछिन्
जानेर दुख नपाउनु रोइदिने साथी हुदैन
आफन्त कोहि नभए धनले कैले पुग्दैन
बगाऊ है साँइला पसिना आफ्नै जन्मभूमिमा
नजाऊ है साँइला छाडेर अरबको मरुभूमिमा
गर्नेलाई यहीँ ठाउँ छ शान्त र सुन्दर गाउँ छ
तिम्रै नाम लिई वन पाखा पहरा छहरा सुसाउँछ
सुन है साँइला माटोले विरह वेदना पोख्दैछ
नजाऊ है साँइला परदेश जीवन साँचो यहिँ छ
२०६४।०९।१५ सीतापाइला
No comments:
Post a Comment