Saturday, September 19, 2015

रुख


म रुख हुँ ।

जब म ढल्छु
दाउरा हुन्छु
आगो जन्माउँछु
अगेनो बनाउँछु
भाँडो तताउँछु
पानी उमाल्छु
चामल पकाउँछु
अनि तिमीलाई उभ्याउँछु
हो जब म ढल्छु ।

खासमा म ढल्नु
तिमी उभिनु हो ।

२०७१।०१।०२ रारा मुगु

No comments:

Post a Comment