Thursday, September 17, 2015

नयाँ बिहानी



ढुक्क हुनुपर्ने कुरा यति हो की
तिमी र म
ब्युँझिसकेका छौ

खै घाम त तर,
त्यसको र उसको लागि जस्तै
सँगै उदाउनु पर्ने होइन र !
यो मध्यान्हमा पनि
कस्तो अध्याँरो बाँचीरहेछौं हामी
बाँचेको थाहा पाउन पनि
छामछुम छामछुम गर्नुपर्ने भितालाई
चिमोट्नु पर्ने आफ्नै माशंपेशी
हेर त प्रकाश अझै पोखिएको छैन
पटपट चिरिएको हाम्रा पाइतालामा
गोडाहरु बारम्बार ठेस खाइरहेछ एकआपसमा
अझै ओढिरहेकै छ तिम्रो र मेरो ढाडले
त्य ताप र रापमात्रै
र डढिरहेकै छ हाम्रो बस्तीका अनुहारहरु

धन्न, ढुक्क हुनुपर्ने कुरा यति की
तिमी र म
ब्युँझिसकेका छौ

फराकिलो निधार बोकेको आकाशमा
तिम्रो र मेरो घाम खोज्ने अभियान
घामभित्र उज्यालो खोज्ने सपना
अर्थात घामको विकल्प खोज्ने यात्रा
तर प्रश्न बन्न थालेको छ अचेल
हाम्रै इतिहास भन्दा ठूलो
हाम्रै जीवन भन्दा ठूलो प्रश्न

सायद यतिखेर
प्रत्येक अँध्यारो बन्दकोठामा
टुकी जन्माउन
तिम्रो र मेरो संसर्ग अनिवार्यता हो
सादा कागजमा
तिम्रो र मेरो समागमले लेखेका
,,, घ र A, B, C, D बाट
परावर्तित टुकीको प्रकाश
तिम्रो र मेरो गुरुत्वक्षेत्रभित्र
हामीलाई चाहेको बिहानीको सङ्केत हुन सक्ला
अर्थात नौलौ बिहानी त्यो
एउटा उतर हुन सक्ला
प्रजातान्त्रिक एउटा गतिलो उतर

आउ !
तिमी र म
एक अर्कामा विलिन हौं ।
- २०६६ श्रावण २५ चावहिल

No comments:

Post a Comment