पढिसकेका छौं र थाहा
पाइसकेका छौं हामीले दशैंको इतिहास, दशैंको अवधारणा, दशैंको अर्थ, दशैंको प्रभाव र दशैंको समाजशास्त्र ।
सदियौं देखि मनाउँदै आएका छौं दशैं । यहाँ म यी सबै कुराको बारेमा लेखिरहेको छैन ।
म त दशैंको शुभकामनाबारे लेख्दैछु ।
सुरुमा दशैको
शुभकामना । सबैलाई शुभकामना ।
हो यो ‘सबैलाई’ भन्ने कुरा जो छ
त्यसैको कुरा गर्दैछु । सबै भनेको को ?
सबै भनेको सबै
नेपाली हो की सबै हिन्दु धर्मावलम्बीहरु हो ? सबै नेपालीहरुले दशै मनाउँछ भन्ने छ र ?
सामान्य कुरा दशैं
खासमा हिन्दु धर्मसँग जोडिएको एउटा चाड मानिन्छ । जुन धेरै पहिलेदेखि मनाउँदै
आइएको हो तर सबैले मनाइएको छैन । यो कुरा अनोठो पनि हैन । किनकी नेपालमा रहेका
विधिन्न धर्म र जाती अनुसारको चाडबाडको बारेमा त हामी अनभिज्ञ कहाँ छौं र !
दशैं हिन्दुकै मात्रै हो कि होइन भन्ने कुरा
छुट्टै छलफलको विषय होला । तर जसरी अहिलेसम्म व्याख्या विश्लेषण गरिदै आइएको छ,
त्यसले यही कुरा
दर्शाएको छ । यसमा अन्यथा लिनु पर्छ भन्ने पनि छैन । दशैंको सम्बन्धमा विभिन्न
विद्वानहरुले धेरै तर्क वितर्कहरु गरेका छन । गर्दै छन र अझै गरिरहने छन । किनकी
तर्क वितर्कको अन्तिम विन्दु त कैले हुँदैन यसको त भार हुन्छ । र सबै गहकिला तर्क
सबैको लागि सत्य नै हुन्छ भन्ने पनि हुँदैन । तसर्थ दशैं सबैले मनाउदैन । कारण
खोज्दै जाँदा राजनीतिक, सांस्कृतिक, एतिहासिक, धार्मिक, जातीय धेरै हुन सक्छन । तसर्थ सबैलाई
शुभकामना दिने हाम्रो जुन बानी छ नि त्यो अपुरो छ । जबर्जस्ती हामी बानी
परेका हौ यसरी सबैलाई दशैंको शुभकामना भन्न ।
हामी छठ, उभौली उधौली,
बकरइद, रामजन, ताङनाम चासोक,
लोस्हार, चोनाम, सोहराइ, नौवंगी, गौरा जस्ता
पर्वहरुमा शुभकामना त भन्दैनौ झन सबै भन्ने कुरा त परको कुरा भैगो । फेरि दशै
नमनाउनेलाई शुभकामना दिनु हुदैन भन्ने पनि हैन । तर जसरी दशैको शुभकामना
आदानप्रदान गरिन्छ नि त्यसरी नै अन्य पर्वको पनि शुभकामना आदानप्रदान गर्न जरुरी छ
भन्ने हो । अनि सबै भित्र त मुस्लिम, क्रिश्चियन, बौद, किरात सबै परे नि हैन र ?
फेरि पनि
दशैंको शुभकामना । यो महान पर्व दशैको शुभकामना ।
हो यो ‘महान पर्व’ भन्ने कुरा जो छ
त्यसको पनि कुरा गर्दैछु । महान पर्व भनेको के ? पर्व पनि महान र सानो होला र ? नेपालका जातजाति भाषा धर्मका बारेमा केही भनिरहन
पर्दैन अहिले । माथि पनि उल्लेख गरेको छु र त्यही आधारमा विभिन्न पर्वहरु छन यो
पनि थाहा भएकै कुरा हो । प्रत्येक पर्व र चाडका आफ्नै महत्व र कथा कहानीहरु छन ।
अनि के को आधारमा दशै चाहि महान हुने ? सबैले बुझ्ने कुरा दशै महान मान्नु भनेको अन्य
पर्वहरु दशैभन्दा सानो मानिएको हो । तथ्याकंको आधारमा नेपालमा हिन्दु धर्मावलीहरु
धेरै भएकै कारणले दशैं महान मानिएको हो भने यो व्याख्या तर्कसंगत हुदैन ।
पर्वहरुको र्याकिंङ कहीँ पनि हुँदैन र गरिदैन पनि । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा
भौगोलिक विशेषतायुक्त नेपाल भनेर संविधानमा लेखिएकै छ । संविधानमा नलेखिए पनि हामी
त्यै हौं । संविधानमा त अझ केके र कति कति कुरा लेखिएको छ-छ । अनि व्याख्या विश्लेषण गर्ने भन्दैमा
कुनै पर्वलाई महान कुनैलाई कै न कै भन्न मिल्छ र ? दशैंलाई महान मानिरहदा तिहार, छठ, गाइजात्रा, लोसार, माघी, चासोक, होली, तीज, साकेला, जितिया चाहिँ सानो
पर्व मानिएन र ? यसको अर्थ दशै बाहेकका अन्य चाडहरुसँग सम्बन्धित समूदायप्रति असमान
व्यवहार देखिएन र ? हो तसर्थ दशैंमात्र महान हैन अरु पनि महान नै हुन ।
मेरो कुरा गर्ने हो
भने म आदिवासी मुलको हुँ । म त साकेला उभौली उधौलि मनाउँछु तथापि म दशै पनि मनाउँछु
तर मेरा धेरै आफन्तहरु दशै मनाउँदैनन । अब मैले ‘सबैलाई यो महान पर्व दशैको शुभकामना’ भन्दै हिड्दा मेरा
दशै नमनाउने आफन्तलाई अलि पाच्य हुँदैन कि भन्ने हो र यथार्थता पनि । इतिहासको
विभिन्न कालखण्डमा भएका विभिन्न सांस्कृतिक विभेदका घटनाहरुको अध्ययन अनुसन्धानले
अन्य पर्व र चाडबाडलाई हिन्दुकरण गर्यो भन्ने जुन पीडाबोध भएको छ त्यसकारण पनि
दशैं सबैले नमनाएको हुन सक्छ । र पाच्य यो अवस्थामा हुन्छ जतिखेर सबै किसिमका
पर्वहरुलाई राज्यले समतामूलक तथा सम्मानजनक ढगंले मनाउने व्यवहारिक र कानुनी
वातावरण सिर्जना गर्छ ।
अन्तिममा दशैं
मनाउनेहरुलाई दशैंको शुभकामना ।
2076.06.20
https://www.nayapage.com/archives/165156?fbclid=IwAR17nTGqcGQJNh-6N4N-03JAPd2qcg6l-AwaD6CmCL0jGfGgU0buNB2brFs
ReplyDelete