Saturday, September 9, 2017

गीत ३

मनभित्रै बसे पनि मन्दिरभित्रै बसे पनि
आँखाभित्र नबिझाउने तिमी मेरो देउता रानी
ए देउता रानी
तिम्रै पुजा सधै सधै गर्न पाए हुन्थ्यो

गड्गडाउँदा आकाश पनि जुन नै खस्ने हो कि
सपनाको सुन्दर फूल त्यसै झर्ने हो कि
जुन आफै खसे पनि फूल ओइली झरे पनि
जुनी जुनी बाँची राख्ने तिमी मेरी देउता रानी
ए देउता रानी
तिम्रै काखमा शिर राखी रुन पाए हुन्थ्यो

मैले हिड्ने गोरेटोमा रात आफै रोइदिन्छ
सँगै चल्ने पाइला पनि दोबाटोमा छुटिदन्छ
रात आफै झस्के पनि बाटो आफै भत्के पनि
सधै सँगै साथ दिने तिमी मेरी देउता रानी
ए देउता रानी

तिम्रै लागि सारा जीवन दुख्न पाए हुन्थ्यो 


२०६६।१०।०५, चावहिल

No comments:

Post a Comment