Sunday, June 21, 2015

जुम्लाको छुमचौर पुग्दा

hxfF a6'jfnfO{ eGHofªdf /f]s]/
lxdfn kª\vf xDsG5
hxfF Pscsf{sf d'v x]/]/
gLnuL/L / wjnfuL/L rDsG5
=== Tof] d]/f] b]z ====
     'd]/f] b]z' sljtfdf e"lk z]/rg n]V5g\ . d o} sljtfsf] gLnuL/L / wjnfuL/Lsf] ;6\6fdf kft/f;L / sflGh/f]jf k9\5' . ljz]if lbpF;f] !@ ah]kl5 kft/f;L / sflGh/f]jf lxdfn xDsG5 kª\vf / d]6fp5 ysfg, eufpF5 ef]s / Kof; ofqLx?sf] .

      ;Ldfgfljlxg lgnf] v'Nnf cfsfz . afbnsf 6'qmfx?sf] s5'jf lx8fFO . clg kft/f;L / 5'drf}/sf] w'nfDd] kmfF6 hxfFaf6 Ps x'n lxdfnsf] 5ftL glhs} b]lvG5 . km/Ss k5fl8 klZrd kms{bf h'Dnf ;b/d'sfdsf] 5ftfem}+ lrdf/fdflnsf / :sfO{sf] 6fj/ plePsf] kfOG5 .
      vf]nfx?df lbof/ ;fFuf] 6]s]/ xfd|f kfOtfnf h'Dnf ;b/d'sfdaf6 t];{}t];f]{ lx8\5 vf]nfs} ljkl/t lbzfdf . df]6/;fOsn To} ;fFuf]df u'8\5 . 6\ofS6/ eg] au/df kfgL pl56\ofpFb} bu'5{ . k6df/fsf] py'{ rf}tf/f x'Fb} l8NnLrf}/sf] nf;Ln] vfhf gf:tf ;f]W5 Psk6s . ;dfhzf:qL 8f]/axfb'/ lji6n] c9fO{ bzs cufl8 vf]n]sf] s0ff{nL OlG:6Ro'6sf] aGb em\ofnx?n] xfdL a6'jfx?nfO{ 6'n6'n' x]5{ . nf;Lsf gfnL ldl;Psf] hjf gbLdf kf}8L v]ln/x]sf :s"n] s]6fs]6Lx? 6fpsf] lgsfn]/ kfgLaf6 xfdLnfO{ g} lgofN5 . cfn'sf 8\ofª agfpb} v]tfnfx? xfdLnfO{ af6f] b]vfpF5 . rfprfpsf kf]sfx?n] xfdLnfO{ cufl8 ws]N5 . lxFpbdf 6\ofS6/ plkm|g] sRrL ;8s} ;8s xfdL lx8\5f} . vf]nfkf/L ;Nnfsf hdft xlNn/xG5 . xl/of emf/kftsf] s'g} lgzfgf b]lvb}g . af6fdf st} lhljt dLgL 6«sem}+ nfUg] uwfx? e]l6G5g\ HofgeGbf 7"nf] ef/L;lxt .
      s]xL dl;gf 9'ªuf cf]5\ofPsf l8ndf la;fpg;fy vfnfl8ssf] s]lx gofF lgnf] l6gsf 3/x? b]lvG5g\ . / xfdL k'U5f} ;/:jtL lgdflj kft/f;Lsf] km/flsnf] d}bfg, hxfF gful/stfsf] k|df0fkq :s"nsf] em\ofnaf6 ljt/0f x'G5 ,hxfF :6'l8of] aG5 :s"nk]6L g} kmf]6f];lxtsf] dtbftf gfdfjnLsf] nflu, hxfF :s"n :jod\ Plss[t sfof{no aG5 dfnkf]t, dlxnf ljsf;, kz', 6]lnsd, s[lif sfof{nosf] . Tof] :s"n d}bfg clg aG5 v'Nnf rf}tf/L hxfF e]63f6 x'G5 k"j{j8fWoIfx?sf], hd36 x'G5 tNnf] / kNnf] ufpFsf lbbLalxgLx?sf], s'/fsfgL x'G5 ;b/d'sfdaf6 kmls{Psf s]6fx?sf] . hxfF 5nkmn x'G5 /fli6o /fhgLltsf], kft/f;L lxdfnsf] ;fd"lxs b[Zofjnf]sg x'G5, ;Fu;Fu} slnnf] 3fdsf] /fk klg tflkG5 / Pscsf{sf] 9f8df 5lnP/ eufOG5 Dof/fyfgdf Jo:t atf;nfO{ .
     
sfvdf eljio Rofk]/ cfFpl5g\ cfdfx? Hf;sf] cf}+7fsf] 5fk d]l6O;s]sf] x'G5 . xftdf pmgsf] 8Nnf 3'dfpb} / a]x]b}{ wfuf], lg:sG5g\ d}bfg;Dd afh]x? . cfFvfel/ k|Zg af]s]/ cfpF5g\ s]6fs6Lx? . ev{/} ds} 5bf{ lgl:sPsf df6f]sf] 8Nnfx? km'6fNbfkm'6fNb} xtf/df cfpF5g\ efph"x? . af]Sg gkfP/ dfG5]nfO{, 3f]8fx? plk|m/xG5 d}bfgs} s'gfdf . d}bfgeGbf dflyNnf] af/Ldf b'O{ xn emf]kf hf]ltO/xG5 .
     laxfg x'G5 kfp8/ b'w ldl;Psf] lrof;Fu} . 6Flu|+b} hfG5 lbg / ef]6] lrof el/b} cfpF5 lunf;x?df
dw]zsf] df]6f] rfdn kfS5 kmnfdsf] r'Nxf]df / p8\5 w'Fjf ;':t/L PGhLcf]sf] lrlDgaf6 .    
     ot} stf sfnLk|;fb l/hfn cfPsf lyP xf]nf / t n]v] 'laxfg p7\g lalts} lxdfn b]Vg kfOof]; .' vf;df a]n'sf ;Dd g} b]lvG5, cem eGbf ;w}+ ;fd'Gg] x'G5 lxdfnsf] cg'xf/ / d':s'/fO/xG5 . ;f+emkv k|fo s'lx/f];Fu n'sfdf/L v]N5 . kftnf] lxpF 55{ w'nf}6] af/Ldf . hf} sf bfgfx? v'zL ePsf] cg'e"t x'G5 . kmqmg nfu]sf cf?sf km"nx? em5{ 9'u+] uNnLx?df . vf]N;fx? xfDkmfN5 / 7f]lsG5 gbLaLrsf r6\6fgx?df / cfjfh lgsfN5 ­5ª5ª .
     of;f{u'Dafsf kxf8x? b]lvG5g\ w]/} b'/ . cg'dfg ug{ ;lsG5 o} df};ddf 3l;|b} xf]nf nfef{x?, rxfb}{ xf]nf kf6g . To} nfef{sf] d[To'df v'zL eP/ l/ltbf] /}5 kft/f;L, 5'drf}/ / cGo w]/} ufpF6f]nx? . aGb x'bf] /}5 :s"n . PSnf] x'bf] /}5 ds}sf em\ofªx? / cN5\ofpb} km/km/fpbf] /}5 u'Dafsf tf]/0fx? . kft/f;L / sflGh/f]hfh:tf w]/} lxdlzv/nfO{ gf3]/ :yfgLo efiffdf ls/f elgg] of;f{u'Dafsf] afª\uf]l6uf]F af6f] ltAat;Dd k'Ubf] /}5 . unfdf ;'Vvf xfjfsf] sfnf] Pskq] 5fnf cf]9]/ d':s'/fpb} kmls{bf] /}5 ufpn]x?, 6]Sbf] /}5 cfkm\g} cfFug / afF8\bf] /}5 v'zL aRRffx?df . sl/a b'O{ dlxgfsf] nfdf] ;km/n] em08} bz dlxgfnfO{ kfNbf] /}5 . 
     xfdL a6'jf . xfd|f uf]8fx? vf]nfdf k'U5, :kz{ u5{ lxFpsf] t/ntf / lr;f]kg . hf} af/Ldf k'U5, p8fpF5 df6f]sf] s0f . v]tdf klg k'U5, t/ ub}{g /f]kfFO{, dgfpb}g rf]kfFO{ . 5'drf}/ uflj;sf] Tof] v]t, h;sf] prfO{ ;+;f/s} c? ;a} v]tx?sf] eGbf cUnf] 5 . cyf{t @*%) ld6/ . / ;'Vvf klg 5 . c? v]teGbf al9 cl;gfsf] lk6fO klg o;}n] vfG5, ao]nL klg o;}df w]/} bu'5{ . t/ klg ck"0f{ 5 v]t . k'/} ufpFsf] k]6 eg{ ;Sb}g ;w}+ / t of;f{u'Dafsf] kxf8 r9\5g\ ljsNkdf ufpn]x? . s}n]sfxLF dw]z em5{g\, k|fo ;b/d'sfd em5{g\ .
     h'Dnfsf] k"jL{ dflyNnf] / 7"nf] uflj; kft/f;Ldf kl/jt{gsf] l;/]6f] nfUg yfn]sf] cg"e"t x'G5 . s]6fs]6Lx? lqms]6sf s'/f u5{g\, /]l:nªsf ukm u5{g\ . s]6fx? kkuLt u'g\u'gfp5g\ . s'tf{ ;Fu;Fu} hLG; k]G6 klg nufpF5g\ l76Lx? . l8;xf]dsf tf/ tlGsPsf] 5 3/3/df . dfyfrf}/sf] PYn]l6S; d}bfgaf6 ;fd"bflos Pkm Pd k|ToIf k|zf/0f x'G5 . Pe\/]i6 Dof/fyfgaf6 luglh a'S; ckm jN8{ /]s8{df gfd n]vfPsf xl/ /f]sfof TolxF e]l6G5 . lhNnfsf ;a} #^ j6} dfWolds ljwfnonfO{ ;d]6\g] u/L /fi6«klt sk TolxF pb\3f6g x'G5 . efb«df kmn]sf] hfkgLh :ofp r}qdf vfG5 / v'jfFp5 . xfdL t 3'dGt] htftt} k'U5f} / /dfpF5f} .

     pl;g]sf] cfn' kf]lvG5 k]6df vf];f{gLsf] w'nf];Fu . ;x/sf] y'Kkf ufpFsf] rfpldg klg s}n]sfxLF ;'n'Q k:5 gvl/Psf] ;"o{d'vL t]n;Fu  . / Aof/]s :6fOndf lgbfpF5 /ft l:nlkª Jofu / sDan;Fu} . /dfp5 ;kgfdf klg dgx? / p8\5 rª\ufem}+ kft/f;L lxdfns} sfwFsfwFdf . nfSkf z]kf{x?n] gr9]sf xf]rf lxdfnx? xfd|f nflu cUn} aG5, To} klg pSnG5 xfd|f dgx? Ps} a;fFOdf .

     s'g} sljtf / pkGof;sf] kfq gag]sf kft/f;L / 5'drf}/jf;Lx? xfd|f] ofqfdf 7f]lsG5 . xfd|f] uGtJo aG5 . pgLx?;Fu tLg lbg latfpg' xfd|f] lbgrof{ x'G5 . x'/L, dx/L, 5'd, rf}/, tNkmL, k]/], u9LufFp / vfnfl8s xfd|f] dfg;k6ndf 5flkG5, h;sf] cfkm\g} e'uf]n 5, Oltxf; 5 / hg3gTj 5 . h;sf] cfkm\g} xfO8f]«kfj/ 5, 3§ 5, / ;8s 5 . h;sf] cfkm\g} k]zf 5, klxrfg 5 / syf 5 . xfdL ToxfF k'Ug' Pp6f syfsf] lgdf{0f x'g' xf] . ToxfFsf] ;'Vvf xfjf xfd|f] kmf]S;f]df k;]sf] 5 . Tof] lxdfnsf] prfO{ xfd|f] cfFvfn] gfk]sf] 5 . hLjgsf xfd|f s]xL lbg To} df6f]df afFr]sf] 5 . / xfd|f] x'n, ukm, sfd / rGrntf b]v]/ ;'/Iffy{ plePsf kftnf] j;Gt af]s]sf kxf8x? lgSs} d':s'/fPsf] 5 h'g d':s'/fx6 k/fjlt{t eP/ xfd|} cf]7df clNemPsf] 5 kft/f;L / sflGh/f]jf lxdfnem}+ .

२०७१ चैत्र २५ गते, जुम्ला - @)&! sflt{s ! ut]  टपनेपालन्युज डटकम df k|sflzt_

सहिदको उम्मेदवार

     
                                            
वा भनौ बाचुन्जेल
भीडमा चुडिँएर फालिएको चप्पल म
एस्ट्रेमा खसालिएको बाँकी चुरोटको ठुटो म
वा भनौ
टेकुवा हराएको एउटा भरिया
बाटो बिराएको एउटा बटुवा
वा भनौ म नाम नखुलेको एउटा कालो पदार्थ
म अज्ञात एउटा देशभक्त
जे भनौ
यो देशको नागरिकता नं १९९७
म एउटा निर्णायक भोट
आखिरीमा एउटा उम्मेदवार हुँ म
फगत म सहिदको उम्मेदवार

म सहिदको उम्मेदवार
जो हिँड्दाहिँड्दै
हराउँछु भुँइमान्छेको भीडमा
ठोक्किन्छु गमलामा वा जंगली काँडामा घोचिन्छु
लड्छु खेतको आलीमा चिप्लिएर
वा नयाँ गेष्टहाउसको चौथो तलाबाट खस्छु
मर्छु लडेर नै त्यसरी
वा यो देश मेरो पनि हो भन्दाभन्दै सकिन्छु
खाएर विषादी च्याउ
वा कुनै सरकारी ग्यास
र तपशिल अनुसार मृतक खातामा दर्ता हुन्छु

मेरो मृत्युशोकमा नेपथ्यबाट
पोखिन्छ आगो
वर्षिन्छ ढुगां
बटुलिन्छ आक्रोश
ओछ्याइन्छ रगत सडकभरि
र म पूर्ण सहिदमा निर्वाचित हुन्छु
ओढाइन्छ ममाथि राष्ट्रिय झण्डा
गुन्गुनाइन्छ सहिद गीत मेरो लागि
लेखिन्छ कविता मेरै प्रसशांस्वरुप
मनाइन्छ सहिद दिवस मेरै सम्झनामा
गरिन्छ एक मिनेटको मौनधारण मेरो आत्माको शान्तिको लागि
अनि प्रदर्शनीमा राखिन्छ व्यस्त चोकको बीचमा
मेरो शानदार सालिक ठ्याकै तिम्रोजस्तो

पक्कै मेरो नाममा पनि तिम्रोजस्तै
राजमार्गहरु बन्छन् र दगुर्छ विकास बजेट
पार्कहरु बन्छन् र बित्छ हिँउदे विदा
कलेजहरु बन्छन् र घोकाइन्छ अतिवादका सिदान्त
प्रत्येक सहरका आँगनमा बन्छन् सहिदगेट
र स्वागत टक्र्याउँछ सहिदकै नयाँ उम्मेवारहरुलाई
जसरी टक्र्यायो मलाई यो सहरले

म व्यस्त चोकको बीचमै उभिरहेको हुन्छु-तिमीजस्तै
मेरो देब्रे काँधमा बसेर   
सुनाउँछ परेवाले यो देशको समाचार
बतासले उडाएर ल्याउँछ चङ्गाझैं
चट्पटेको रगं दलिएको संविधानको केही पाना
र टाँसिन्छ मेरो छातीमा
नामुद मानव अधिकारवादीहरु पहिराउछन्
रङ्गीन कागजी फूलका माला मलाई
खोज्छन् विदेशी पत्रकारहरु मेरो बायोडाटा
प्रोफाइल पिक्चरको लागि सहरिया युवतीहरु
टाँसीन्छन् दुई ‌औंला ठड्याएर मसँग
सरकार, मलाई कैले बाँया बनाएर
कैले दाँया बनाएर
घुमाउँछ आफ्नो स्टेरिङ र पस्छ संसद भवन

म व्यस्त चोकको बीचमै उभिरहेको हुन्छु-तिमीजस्तै
स्वतन्त्रता, राष्ट्रियता, न्याय र शान्ति
गरीबी, अशिक्षा, पहुँच र पहिचान
यी सब नाराहरुको अन्तिम शब्द बनिन्छु म- ठ्याक्कै तिमीजस्तै
जस्तो कि
जिन्दावाद-जिन्दावाद
एक होऔं-एक होऔं
अमर रहुन्-अमर रहुन्
अनि म घन्किरहन्छु
र घन्किदा बारम्बार दोहोरिरहन्छु-तिमीजस्तै

आखिरिमा म सहिदको उम्मेदवार न हुँ
सालिक निर्माणको रेखाचित्र न हुँ
तर मलाई डर लाग्न थालेको छ अचेल
बनाइएपछि म सहिद
ठडिएपछि मेरो सालिक
पक्कै भेट हुन्छ तिमीसँग
ओ गगांलाल !
ओ शुक्रराज !
तिमी मलाई छातीमा गोलीको प्वाल देखाउँछौ होला
तिमी मलाई खरीको रुख देखाउँछौ होला
र पक्कै यो देशको खबर सोध्छौ होला
त्यो बेला के देखाउनु मैले ?
त्यो बेला के भन्नु मैले ?
सडकको भीडले पेशेको सहिदको सिफारिश पत्र
देखाउनु कि
सिंहदरबारको सूचना पार्टीमा टाँसिएको देशद्रोहीको सूचना !
    
                     विमल स्मृति पुस्तकालय राष्ट्रिय कविता महोत्सव धरान २०७१ तृतीय र २०७१ मसिंर १६ गते topnepalnews.com मा प्रकाशित                                                                     

                                                           खोटाङ , ९८४९०७९९७३

सेना पुलिसको त्रासबीच 'फलामे ढोका' छिर्दा

लाइनमा थियौं हामी । बन्दुक बोकेका सेना र पुलिसले गेटमा सबैको शरीर चेक गर्थ्यो । ज्याकेट र पाइन्टको गोजी छाम्थ्यो जुता खोल्न लगाउँथ्यो । चिट भेटे खोस्थ्यो र गाली गर्थ्यो । जवाफ फर्काए लाती खाइन्थ्यो ।  सबै परीक्षार्थीको अनुहारमा त्रास देखिन्थ्यो एसएलसीको भन्दा पनि सेना पुलिसको बढी । मानसिक तनावको पोका पन्तुरा बोकेर एसएलसी दिदै थियौं हामी । चेकिङमा एक पछि अर्को गर्दागर्दै मेरो पालो आयो ।
ओइ यत्रो फुच्चेले के चिट बोक्थ्यो छोड्दे यसलाई । - अलि ठूलो सेनाले अर्को सेनालाई भन्यो । म बिना चेकिङ परीक्षा हल छिरे । थिएन चिट मसँग तर अनौठो जुन डर थियो, त्यो अलिकति कम भयो । र मैले दिक्तेल बहुमुखी क्याम्पसको कोठा नं. ४ मा बसेर परीक्षा दिए ।
दिक्तेल
तत्कालिन समयको जनयुदको प्रभावले २०५८ देखि नै सदरमुकामलाई मात्र एसएलसीको केन्द्र बनाइदै आएको थियो र पछि २०६३ सम्म यसले निरन्तरता पायो । जिल्लाका सम्पूर्ण माविका एसएलसी दिने विधार्थीहरु सदरमुकाममा नै थुप्रिएका थिए । यसरी म सँगै हाम्रो विधालय चम्पावती माध्यमिक विधालयबाट ११२ जना सदरमुकाम पुगेका थियौं २०६० को एसएलसी दिन ।
म १८ दिन बसे दिक्तेल मिलन दाई, भूषण दाई र दुर्गेशसँग उनीहरुकै कोठामा । उनीहरु दिक्तेल क्याम्पसको विधार्थी । कैले जुठो नखाने म, दाईहरुसँग बस्दा जुठो पनि खोसाखोस गरेर खाने बानी भएँ ।
एसएलसी सुरु हुनुभन्दा ७ दिन अगाडि मात्र पुगेको म दिक्तेल । र त्यो मेरो पाँचौ पटक थियो दिक्तेल यात्रा । करिब २५ किमि पश्चिम पर्ने मेरो गाउँ बुइपाबाट पहिलोपटक कक्षा ५ मा पढ्दा रितु फुपुसँग, कक्षा ९ मा पढ्दा पासपोर्ट साइजको फोटो खिच्न साथीहरुसँग दोस्रो पटक, फिलिङ्गे र तोरीको तेल पेल्न आमासँग तेस्रो पटक र जिल्लास्तरिय हाजिरिजवाफमा भाग लिन नरेश र शुसिलसँग चौथौपटक म दिक्तेल पुगेको थिएँ । ठूलै शहरजस्तो लाग्थ्यो दिक्तेल मलाई । क्याम्पस भिताबाट हाट डाँडासम्म लामो दुई लाइनको घर र बीचमा मुलबाटो । म: र चाउमिनको पसल, नेपाली फिल्मको पोस्टर र राजनीतिक भिते नाराहरु मैले दिक्तेलमा नै देखेको हो पहिलो पटक । दिक्तेल निकै फराकिलो पनि रैछ भन्ने कुरा त मैले पछि आपासँग नागरिकता बनाउन जाँदामात्र थापाएको हो ।
हाम्रो घर
हाम्रो पालासम्म एसएलसीलाई फलामे ढोका नै भन्थे । हाम्रो दिमागमा त्यै सेट भएको थियो । एसएलसी पास गरेपछि जीवनको नयाँ गोरेटो सूरु हुने भएकोले पनि यसको निकै महत्व रहेको हो । एसएलसी इज्जत र प्रतिष्ठासँग जोडिन्थ्यो । हाम्रो घरमा म भन्दा अगाडि नै आपासहित १२ जनाले एसएलसी पास गरिसकेको थियो । तसर्थ ममा चुनौति पनि थियो अर्को कुरा म कक्षाको फस्ट ब्वाई पनि थिएँ ।
गैरा घरको सुरेशेम्मा तिम्मा अचेल पनि भनिरहनु हुन्छ – “काले तँ त घाँसको भारी बोक्दा पनि, कोदोको बीउ गोड्दा पनि, फापर उखेल्दा पनि पढिरहन्थिस । याद छ के ?” । हो, मलाई याद छ । त्यतिखेरै देखि मलाई पढाईप्रति मोह बढेको हो ।
बिहान ४ बजे उठेर पढ्ने, ६ बजे बारीमा जाने, ९ बजे स्कूल, फेरि बेलुका ५ बजे मकैको बासी भात र फीलिङ्गेको छोप खाएर बारीमा जाने,:२० मा रेडियो नेपालको घटना र विचार कार्यक्रम सुन्न घर फर्किनु पर्ने, ८ बजे खाना, ११ बजेसम्म पढाइ अनि सुताइ प्राय यसरी चल्थ्यो एसएलसीको तयारी । जहाँ जादाँ पनि किताब चाहिँ छोडिएन ।
आमाले २०५७ वैशाख १० गते बुइपामा नै पहिलो पटक धरानबाट १४ इन्चको रगींन एलजी टीभी  ल्याउनु भो । हेरिन्थ्यो - शनिबार दिउँसो हिन्दी फिलिम र शुक्रबार राति नेपाली फिलिम । २०५६ को अन्ततिर गाइघाट हुदै खोटाङमा बिजुलीको पोल गाडिएपछि सुना फुपुले पहिलोपटक सादा टिभी ल्याउनुभको थियो । २०५८ को दरबार हत्याकाण्डको घटना गाउँभरिका मान्छेहरुले हाम्रै आँगनमा हेरे र आमाहरु, कोकुहरु बिलौना गर्दै रोएका पनि थिए टन्नै । मलाई टिभीले झन धेरै जानकारी दिएको भान हुन्थ्यो । मलाई प्लस हुन्थ्यो पढाईमा ।
स्कूलमा हुने कविता, हाजिरिजवाफ र वक्तृत्वकलाको प्रतियोगितामा एउटा न एउटा स्थान मेरै हुन्थ्यो । नानाहरुले दशैंमा घर आउँदा मूना पत्रिका ल्याइदिनु हुन्थ्यो । आपा कवि तसर्थ साहित्यिक पुस्तकहरु प्रशस्तै घरभरि हुने, आमा स्कूल नपढे पनि भानुभक्तको रामायण, माधव घिमिरेको गौरी जस्ता किताब खरर भन्नुहुने, दाईदिदीहरु सबै पढ्ने भएकोले पनि मलाई पढ्ने वातावरण थियो । कक्षा ५ सम्म भाले जुधाइ र चुङ्गी खेलियो, कक्षा ६ र ७ मा बहुतै गुच्चा अनि मावि तहमा मिलन दाइहरुसँग फूटबल खेलियो तर पढाइ छोडिएन । टेस्ट परीक्षामा त ७९% आको थियो । एसएलसीमा चाहिँ झरेछ ६५ % मा तर म फस्ट को फस्ट नै ।
पूर्वी पहडि जिल्ला खोटाङ पहिलो पटक मलाई दुर्गम लाग्यो जब एसएलसीको रिजल्ट हप्ता दिनसम्म आइपुगेन । ८ दिनपछि था'भो रिजल्ट, त्यो पनि अर्खौलेको गोपाल काकाको पिसिओ मा घण्टौ लाइनमा बस्दा बस्दा काठमाडौबाट पबित्रा नानाले भन्नुभए पछि । स्कूलमा सरहरुले गोरखापत्र मगाउनु भएछ केहि दिनमा । सबैको हेरियो । ११२ जनामा ८ जना मात्र पास भएछौं । ७० जना भन्दा बढीले कम्पार्ट पाए । त्यसमा अधिकाशंले गणित अंग्रेजी र विज्ञानमा फेल गरेछ । पछि पुरक परीक्षमा ५६ जनाले पास गरे । अरु छेउछाउका विधालयको तुलनामा हाम्रो स्कूलको रिजल्ट राम्रै रे सरहरु त्यतिखेर भन्नुहुन्थ्यो ।
गाउँमा न बधाइ न धन्यवाद । चलन नै थिएन । कसैले बधाइ भन्यो भने पनि धन्यवाद भन्न अफ्ठ्यारो लाग्थ्यो । जेहोस् घरमा सबै खुशी भए किनकि म खुशी थिएँ र कुरा नै त्यस्तै थियो । मार्कशीट त १०/११ दिनपछि मात्र आयो स्कूलमा र थाभो पर्सेन्टेज ।
विधालय
मेलापात, गोठाला, खेताला गर्दा गर्दै कहाँ पढ्ने, के पढ्ने छलफल सुरु भो । गहन छलफलपछि मिलन दाईले पबित्रा नानालाई कालेलाई काठमाडौ पठाउँदैछौ भनेर खबर गर्नुभएछ । जाने निधो भो । के पढ्ने त भन्दा मैले विज्ञान पढ्ने  कुरा गरे स्कूल फस्ट जो थिएँ । जानेको सुनेको फस्टले त विज्ञान पढ्नु पर्छ रे । तर हाम्रो स्कूलमा त्यो लागू त थिएन । धेरैले विज्ञान नपढ भनेको हो, हेडसरले पनि । आपाले गणित मेजर राखेर पढ्दा हुन्छ भन्नुभको हो । जीदी म । डाक्टर बन्ने भूत सवार थियो ममा । कक्षा ९ मा खगेन्द्र सरले एमबीबीएस को ‍बारेमा एउटा प्रसंग ल्याउनु भएको थियो । मलाई त्यै समयमा एमबीबीएस पढ्ने भित्रि इच्छा जागेको थियो ।
मनसुन सुरु भइसहेको थियो । बारीमा मकैको झ्याङ अग्लिदैँ थियो । कोदोको बीउ गोड्ने बेला भाथ्यो । म भने पहिलोपटक गाउँ घर छोडेर आमाआपा, दाई, बैनी छोडेर टाढा सहर झर्ने तरखरमा थिएँ । र २०६१ असार ३ गते म नेवार गाउँको ध्रुव दाईसँग शहर हिडेँ । झोलामा १ थान मार्कशीट र स्कूलको चारित्रिक प्रमाण पत्र, आमाले हाल्दिनु भएको १ पोका भुटेको मकैभटमास, १ पोका गुन्द्रुक, १ पोका किनामा, सानो हर्लेक्सको बट्टामा माली गाईको घीउ, कोदोको पीठो, नानालाई २ डल्ला मर्चा र केही मेरा पूराना हाफपेन्ट र शर्टहरु बोकेर पछ्याए मैले ध्रुव दाईको लामो लामो पाइला । मनमा कस्तो कस्तो नरमाइलो लाग्यो घर छोड्नु पर्दा । आखाँ रसायो । तर देखेन कसैले । बल गरेर थामे मन । नत्र लाज पो हुन्थ्यो त ।
दाईहरुसँग
हलेसी तिर अलिअलि सडक खन्न थालिएको थियो ।  दुधकोशी तरेर जयरामघाट बसियो पहिलोदिन । माछा खाइयो । घुर्मी हुँदै बेतिनी पुग्दा ध्रुव दाईले चोर औंलाले घोचेर देखाउँदै भन्नु भो – “अनिल यहाँबाट हाम्रो खरको डाँडा देखिन्छ ।खरको डाँडा हाम्रो घरमाथिको डाँडा हो, लाखे खेल्ने डाँडा । हेरे तर चिनिन । ध्रुव दाईले कटारी बास बस्न पुग्नुपर्ने कुरा गर्नुभो । साँझमा कटारी बजार पुग्नै लाग्दा पहिलोचोटि बिग्रेर पल्टिरहेको ट्रक देखेको हो मैले । टिभीमा चाहिँ पहिल्यै देखेको हो ।
धरानमा कोपी नाना र देवान दाई कम्युनिकेसन चलाउनुहुन्ग्यो । सुनल पढ्दै हुनुहुन्थ्यो । म पुगेँ । मेरो लागि पहिलो सहर दिक्तेल, अर्को कटारी र त्यसपछि धरान । ४ दिन बसे धरान । भानुचोक, बुढासुब्बा, पिन्डेश्वरी, वीपि क्याम्प सुनल दाईले घुमाउनु भो ।

र ८ गते बेलुका ज्वाला यातायातको गाडीमा चढेर ३७ केजी, ४.८ फिट उचाई, वर्ष १५ को गाउँले केटो अर्थात म काठमाडौं पुगे पहिलो पटक । थाभएन काठमाडौंले मलाई स्वागत गर्यो कि गरेन तर मैले हेरे कलकीं चोकमा उभिएर चारैतिरको विल्डीङ, गाडीको हेडलाइट र मान्छेहरु । ती मान्छेहरु जो सायद म जस्तै कोही पहिलोचोटि छिरेका थिए भविष्य खोज्न, कोही बारम्बार छिरेका थिए सायद भविष्य खोज्ने बानी भएर, सायद कोही भाग्दै पनि थिए कि भविष्य नपाएर …… ।

(esamata.com मा २०७२ आषाढ ५ गते शनिबार प्रकाशित)