Wednesday, February 26, 2020

समर्पन


म ताराहरुको बीचमा तिमिलाई कैले खोज्दिन
न त फुलहरुको बीचमा खोज्छु
सपनाको रानी भनेर पनि खोजिन
न कैले दन्त्यकथाको पात्रमा खोजे
भीडहरुमा भौतारिएर खोज्नु मेरो दैनिकि बनेन
न मलाई तिमी सौन्दर्यताको मन्चमा खोज्नुपर्छ भन्ने लाग्यो
तिमी मेरो हराएको चीज पो कहाँ हौ र ?
न मैले कहीँ राखेर बिर्सेको वस्तु ?
तथापि
खोज आवश्यक हो
था छ खोज जरुरी हो
प्राकृतिक निरन्तरताभित्र
खोज एउटा स्वाभाविकता हो
र त आखिर
तिमीभित्रै समाहित भएर
मैले त तिमिलाई तिम्रै रुपमा तिमीभित्रै खोजे
यथार्थ कुरा हो प्यारी
नियाल मभित्र तिमि, म भित्र तिमी देखिन्छौ नै
जसरी नियालीरहेछु मैले, तिमीभित्र आफैलाई
हो, सत्य कुरा यो नै हो प्यारी
खोज त आफै भित्र गर्ने हो हामीले ।

२०७६।१०।२४ - दोस्रो ऐनिभर्सरीको सन्र्दर्भमा लेखेको

No comments:

Post a Comment