म ताराहरुको बीचमा
तिमिलाई कैले खोज्दिन
न त फुलहरुको बीचमा
खोज्छु
सपनाको रानी भनेर
पनि खोजिन
न कैले दन्त्यकथाको
पात्रमा खोजे
भीडहरुमा भौतारिएर
खोज्नु मेरो दैनिकि बनेन
न मलाई तिमी
सौन्दर्यताको मन्चमा खोज्नुपर्छ भन्ने लाग्यो
तिमी मेरो हराएको
चीज पो कहाँ हौ र ?
न मैले कहीँ राखेर
बिर्सेको वस्तु ?
तथापि
खोज आवश्यक हो
था छ खोज जरुरी हो
प्राकृतिक
निरन्तरताभित्र
खोज एउटा
स्वाभाविकता हो
र त आखिर
तिमीभित्रै समाहित
भएर
मैले त तिमिलाई
तिम्रै रुपमा तिमीभित्रै खोजे
यथार्थ कुरा हो
प्यारी
नियाल मभित्र तिमि,
म भित्र तिमी देखिन्छौ नै
जसरी नियालीरहेछु
मैले, तिमीभित्र आफैलाई
हो, सत्य कुरा यो नै हो प्यारी
खोज त आफै भित्र
गर्ने हो हामीले ।
२०७६।१०।२४ - दोस्रो ऐनिभर्सरीको सन्र्दर्भमा लेखेको