………..अनि एक मुलुकमा
पहाड थियो
मुसाहरु थिए
र प्वाल थिए
पहाडमा मुसाहरुको
मुसाहरु बढ्दै गए
प्वाल बनाउँदै
मुसाहरुले
ओसारे पहाडको माटो
र थुपारे मैदानमा
स्वभाविकत: पहाड भत्किन थाल्यो
बित्दै गयो समय
एक दिन
पहाड, पहाड रहेन
मैदान, मैदान रहेन
सामान्य कुरा
-
प्वालहरु कतै रहेन
परिणामत:
बिचल्लीमा परे
मुसाहरु
खाने बस्ने टुगों
भएन मुसाहरुको
हल्ली खल्ली मच्चियो
मुसाहरुमा
अब मुसाहरुले बुझ्नु
पर्छ -
उनीहरु आफैले
पहाड भत्काएर
नयाँ पहाड बनाएको हो
।
जहाँ नयाँ प्वालहरु
बन्नेछन ।
तर कथा सकिएको छैन
अझै……
२०६७।०१।१८ काठमाडौं
No comments:
Post a Comment