वसन्तको पालुवासँगै
आगमन भो तिम्रो
र तिमीले देखिरहेछौ
फूलैफूलको संसार
तिम्रो पहिलो
स्पर्शमै बोध गर्यौ संघर्ष पछिको जीत
र रोयौ असीमीत खुशी
छरेर हाम्रो सामू
तिमीले था पाउँदैछौ
रुनुको परिणाम र हाँस्नुको अर्थ
र बुझ्दैछौ यसको
भिन्नता
तिमी संभावनाले
घेरिएका छौ
र परिचित हुदैंछौ
सपनाहरुसित
हरेक पल केही नयाँ
पाइरहेका छौ
र लाग्दैछ तिमीलाई अन्नत
छ्न नयाँपन
तिम्रो चन्चलताले
देखाइरहेछ तिम्रा रहरहरु
र आफू हुनुको बोध
गराइरहेछौ हामीलाई
छोरी !
आफ्नो दुनियाँ तयार
गर्दैछौ तिमी
खोज्दैछौ आफ्नै बाटो
र बुझ्दैछौ
संवेदनाहरु ।
सिकाइ असिमित हुन्छन
तर सिकिरहनै पर्छ
हो तिमी यै गरिरहेछौ
हिड्न खोजीरहेछौ र
लड्दै पनि छौ
फेरि उठेर अगाडि
बढिरहेछौ
हो, यै त हो तिमीले गर्नुपर्ने
।
गर ।
गरिराख ।
तिमीसँग असङ्ख्य
आधारहरु छन् छोरी ।
अगाडि बढ ।
HAPPY BIRTHDAY PINKU
2077/01/04-April 16 2020