Monday, January 22, 2018

कवि हाकिम

By Kumbha Raj Rai

पहिले पहिले  त्यै धरहरा
हेर्न त सहर आए मान्छेहरु !
धरहरामै चढेर मान्छेहरुले
धीत मरुन्जेल हेरे सहर पनि
त्यै बानी लागेर त हो अचेल
मान्छेहरु मान्छेमाथी नै चढेर
हेर्न खोजिरहेछदुनिया

 ‘धरहराशीर्षकको यो कविताको अंश भुकम्प आउनु अघि नै इटहरीमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७१मा द्वितिय स्थान प्राप्त कविताको हो । यस कवितामा धरहरालाई एउटा निरकूंश, केन्द्रिकृत शासकको रुपमा प्रतिकात्मक अर्थ दिइएको थियो ।
कस्तो संयोग कविता लेखिएको केही महिनाभित्रै भुकम्पले धरहरा लड्यो । मैले कवितामा अब धरहरा चाहिदैन भनेको थिएउनै कविताका कवि अनिल किरातीले भने, ‘तर त्यो विम्बको रुपमा प्रयोग भएको थियो । वास्तविक धरहरामाथीको मेरो घृणा थिएन ।
यी र यस्ता कवितामा जमिरहेका उर्जाशील युवा अनिल किराती कहिले बाल दिवस त कहिले तीजका सन्दर्भमा कविता कोरिरहेका छन् । परिस्थिति, संस्कृति र विभेदमाथी उनको कलम अलि बढी चलेको छ ।
ओखलढुंगा युगकवि र राष्ट्रियगानका सर्जक जन्माउने जिल्ला हो । तर साहित्यमा शून्य देखिने यहाहिजोआजका विभिन्न कार्यक्रमहरु कविताले तताउदै आएका छन् किरातीले । बुईपा, खोटाङ स्थायी ठेगाना भएका उनी जिल्ला निर्वाचन कार्यलयका हाकिम समेत हुन् ।
निजामति सेवामा २४ वर्षको उमेरमै शाखा अधिकृत पदमा प्रवेश गरेका थिए । जागिरे भएलगत्तै जुम्लामा निर्वाचन अधिकारी भई दोश्रो संविधानसभाको निर्वाचन गराए । त्यहाबाट ओखलढुंगा सरुवा भई आएपछि उनी कविताका अधिकांश कार्यक्रम टुटाउदैनन् । साहित्य, संगीत र संस्कृतिलाई सगै डो¥याएर लाने अलग अभियानमा उनी आबद्ध छन् ।
पछिल्लो विमल गुरुङ स्मृति कविता प्रतियोगितामा पनि सहिदहरुको उम्मेद्वारशीर्षकको कविता बापत् तेश्रो पुरस्कार पाए । बिएस्सी र एम. ए. उत्तिर्ण गरेका उनी हाल एम.पि.ए. र एलएलबीको अन्तिम वर्षका विद्यार्थी समेत हुन् ।
स्कुले जीवनदेखि नै कविता र साहित्यिक गतिविधिमा सक्रिय किरातीले धेरै कविता लेखिसकेका छन् । तरपनि सुनाउन लायक कविताको संख्या पाच दर्जनजति होलान् ।किरातीले भने, ‘अबको एक दुईवर्षमा चाहि एउटा संग्रह ल्याउने हो कि भन्ने सोच बनाएको छु ।त्यसो त उनको रगतमै साहित्य बगेको छ ।
पारिवारिक हिसाबले हेर्ने हो भने पनि उनी कवि जसराज किरातीका कान्छा छोरा हुन् । विषयवस्तु सरल भएपनि लेखनको उत्कृष्टताले हिजोआज युवापुस्तामा किराती चर्चा हुन थालेको छ । समय सापेक्ष कविता लेख्न सक्नु उनको खुबी हो । केही दिनअघि मात्रै राष्ट्रिय बाल दिवस र तीजको सन्दर्भमा लेखिएका कविता सामाजिक सञ्जाल र संचारमाध्यममा चर्चित बन्यो ।

तीज जस्ता पर्वमा जोडिएको अन्धविश्वास माथी उनले म त्यस्तै गर्छुशीर्षकमा कविताबाटै प्रहार गरे ।

मैले भन्दिएको छु
मेरो नाममा नबस्नु तिमि तीजको व्रत
ग्यासट्राइटिस हुर्काएर आफुमा
नगर्नु मेरो दीर्घायूको कामना
पढेर स्वस्थानीको अमूर्त श्लोकहरु
नठान्नु मलाई महादेव
नपिउुन मेरो पाउ धोएर
पिसाब र पसिना गन्हाएको जल
, नचढाउनु मन्दिरमा मेरो प्रगतिको लागि
फूल, अक्षत र भेटी