भन्छन् -
फराकिलो सडकमा हिड्छन् रे कवि
भन्छन् -
तरबारको धारमा हिड्छन् रे प्रेमी
म
कविता लेख्छु तिम्रो बारेमा
म
प्रेम गर्छु तिमीलाई ।
यहाँ,
एउटा यस्तो दुविधा जन्मियो
अब तिमी नै भन
म
सडकमा हिडुँ कि
तरबारको धारमा ?
२०६९।०७।१५ काठमाडौ